कुलमान घिसिङ्गलाई पुननियूक्तीको माग गर्दै नेवा द्य दबु सिद्दिपुरले गर्यो यस्तो कार्यक्रम
ललितपुर- महालक्ष्मी नगर समिति नेवा द्य दबु थसि सिद्दिपुरले आज एक कार्यक्रम गर्दै कुलमान घिसिङ्गको पुर्ननियुक्तीको माग गरेको छ ।सांकेतिक रुपमा सरकारलाई दवाब स्वरुप उक्त कार्यक्रम गरिएको नगर समिति अध्यक्ष बिजय कुमार महर्जनले बताए ।
कार्यक्रममा सहभागिहरुले राईट प्लेस राईट पर्सन,हाम्रो मान सम्मन श्री कुलमान,जय नेपाल जय कुलमान जस्ता पोष्टर ब्यानर सहित साँकेतिक दवाब कार्यक्रम गरेका थिए ।
करोडौ नेपाली जनताको मनोभावनालाई सरकारले संवोधन गरेर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पूर्नरनियुक्ति गर्नुपर्ने व्यानर सहित माग गरेका थिए। जसमा बच्चा देखि बृद्धसम्मको सहभागिता रहेको आयोजक नेवाःदेय दबु महालक्ष्मी नगर समिति सिद्धिपुरकी सह–सचिव राधा महर्जनले वताएकी छिन्। सामाजिक दूरी कायम गरेर शान्तिपूर्वक सभा गरिएको जानकारी पनि महर्जनले दिएकी छ
More Details :
0コメント