किसली (Kisali)
किसली (Kisali)
किसली भन्नाले चामल, सुपारी र एक रुपैयाको डबल राखिएको सलि (रक्सी पिउने माटोको सामान) लाई बुझाउँछ । किसली शब्द नेपाल भाषाका दुई शब्दहरु "किग" र "सलि" मिलेर बनेको हो । किग भन्नाले अछता (चामल) हो भने सलि भन्नाले रक्सी पिउने माटोको भाडो हो । नेवा सभ्यता संगै विकसित भएको धार्मिक पक्ष संगै किसलीको बिकास भएको पाइन्छ । नेवा संस्कारमा किसलीको विशेष महत्व रहेको छ । बिशेषगरी कुनै भाकल गर्दा ब्यक्तिको सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्दै किसली राख्ने गर्दछ । यदि कोहि अस्वस्थ भएको खण्डमा, दुर्घटनामा पर्दा वा कुनै लामो यात्राको सुरुवात गर्ने समय किसली भाकल गर्ने गर्दछ । यसले ती ब्यक्तिको सुस्वास्थ्यको कामना गर्ने गर्दछ । यसरी भाकल गरि राखेको किसली उपयुक्त समयमा जुन देवताको नाममा भाकल गरिएको हो उक्त देवताकोमा जाने समयमा चढाउने गर्दछ । यसका साथै कुनै विशेष पुजा अगि राखिने कलशको माथी पनि किसली राख्ने गर्दछ । यसरी कलशको शिरको रुपमा किसली राख्नाले उक्त पुजा पुर्ण हुने जनबिश्वास रहेको छ । त्यस्तै कुनै नासद्य: (शिवको नटराज रुप) को पुजामा वाद्यबाजा नसिकुन्जेल किसली स्थापना गरि दैनिक रुपमा पुजा गर्ने गर्दछ । जसलाई "नासद्य: सालहयागु" भनिन्छ । यसका साथै घरमा ठूलो भोजभतेर गर्नु पुर्व श्री गणेशलाई तानेर ल्याउने भनेर दुई किसली र दुईवटा अन्डा चढाउछ भने त्यसमध्ये एक किसली र एक अन्डालाई घरमा फिर्ता ल्याई घरको कुना भागमा राखेर भोजभतेर नसकुन्जेल पुजा गर्ने गर्दछ । यस कार्यले भोजभतेरको समयावधि भित्र कुनै विघ्न बाधा हुन दिन्दैन भने जनबिश्वास रहेको छ । बैशाख ४ गते भक्तपुरमा हुने "द्य:स्वगं बिइगु" जात्रामा परिवारको सु-स्वास्थ्यको कामना गर्दै "किसली छायगु" भनेर हरेक टोलबाट बाहिर राखिएका सबै देवताहरुलाई किसली चढाउने गर्दछ ।
Kisali
Kisli refers to a sali (an earthenware vessel for drinking alcohol) containing rice, betel nuts and a double of one rupee. The word Kisli is a combination of two Nepali words "kig" and "sali". Kig means achta (rice) and Sali means an earthen vessel for drinking alcohol. Along with the religious aspects that developed along with the Neva civilization, the development of Kisli is found. Kisli has a special importance in Newa rituals. Especially, when making a vow, they keep the kisli, wishing for the good health and longevity of the person. Kisili vows are made if someone is unwell, has an accident or starts a long journey. It wishes for the good health of that person. The Kisli vowed in this way is offered at an appropriate time while going to the deity in the name of which the vow has been made. Apart from this, Kisli is also placed on top of the kalash which is placed before a special puja. In this way, it is believed that by placing Kisli as the head of the Kalash, the puja will be completed. Similarly, in the worship of a nasadya: (Nataraja form of Shiva), until one learns to play a musical instrument, it is installed and worshiped daily. Which is called "Nasdya: Salhayagu". In addition to this, before having a big feast at home, two kisli and two eggs are offered to bring Shri Ganesha, then one kisli and one egg is brought back to the house and placed in the corner of the house and worshiped until the feast is over. If this work does not allow any disturbance within the period of Bhojbhater, there is public trust. In the "Dya:Swagam Biigu" Jatra held in Bhaktapur on 4th of Baisakh, Kisli is offered to all the deities who are kept outside of each village as "Kisli Chaigu" wishing for the good health of the family.
0コメント