लगनखेल डाेजाेलाई जापान बस्ने कराते खेलाडीले दिए १ लाख १० हजार

ललितपुर । सिताेरियाे कराते डाेजाे लगनखेल शाखालाई जापान बस्ने कराते खेलाडीहरुले १ लाख १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
हाल जापानमा बस्दै आएका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु राजपाल कर्माचार्य, सुनिता महर्जन श्रेष्ठ (सुस्मा), सिहान पशुपति मुल्मी, सिहान रुपेश डंगोल, शम्भु के.सी, किरण डंगोल, डा. बलराम श्रेष्ठ ,सन्तोष श्रेष्ठ र बिकास श्रेष्ठ ले डाेजाेलाई रकम उपलब्ध गराएका हुन् ।
काेराेनाकाे महामारीको कारण लकडाउन भएको समयमा राहत वितरण र खाना खुवाउने कार्यका लागि करातेका वरिष्ठ प्रशिक्षक तथा पूर्वअन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्यसमेतका व्यक्तित्वहरुले सहयोग गरेकाे राखेपका पूर्वकाेषाध्यक्ष, पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डाेजाेका संरक्षक मीनकृष्ण महर्जनले दैनिकी न्यूजलाई जानकारी गराए ।
लकडाउनकाे समयमा सुरुवाती दिनहरुमा ४६ दिनसम्म करिव २०० जनालाई दिनहुँ खाना खुवाउने कार्य गरेका थिए ।

𝐎𝐖𝐍 𝐋𝐈𝐅𝐄 𝐎𝐖𝐍 𝐃𝐑𝐄𝐀𝐌

𝙷𝚎𝚕𝚙𝚒𝚗𝚐_𝙷𝚊𝚗𝚍𝚜 𝙵𝚘𝚛_𝙰𝚕𝚕 ◉ᴛʜɪɴᴋ ʟɪᴛᴛʟᴇ ʙᴜᴛ ʙᴇᴛᴛᴇʀ◉ ɪ ᴡᴀs ᴀʙʟᴇ ᴛᴏ sᴇᴇ ʜᴜᴍᴀɴɪᴛʏ ᴏᴠᴇʀ ʜᴀᴛʀᴇᴅ ɪɴ ᴍʏ ᴇɴᴇᴍʏ's ᴇʏᴇs

0コメント

  • 1000 / 1000